जनकपुरधाम । गोपाल सेवा समितिले यस वर्ष पनि श्रीकृष्णजन्माष्टमी धुमधामका साथ मनाउने भएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोपाल सेवा समितिमा अवस्थित श्रीकृष्ण मन्दिरमा जन्मोत्सव मनाउन लागेको हो । भदौ ३ गते भगवान श्रीकृष्णको जन्मोत्सव र ४ गते शनिबार मेला तथा प्रसाद वितरणको कार्यक्रम रहेको छ । गोपाल सेवा समितिले आयोजना गर्न लागेको श्रीकृष्णजन्माष्टमीमा उपस्थितिको लागि आग्रह समेत गरिएको छ । प्रत्येक वर्ष श्रीकृष्णजन्माष्टमी धुमधामका साथ मनाउँदै आएको र यस वर्ष पनि मनाउने तयारी रहेको गोपाल सेवा समितिका वरिष्ठ उपाध्यक्ष बजरंग कुमार यादवले बताए । यदुवंशीहरुको कुलदेवताको रुपमा रहेको श्रीकृष्णको भव्य मन्दिर गोपाल सेवा समिति परिसरमा स्थापित छ । केही दिन अघि मात्रै गोपाल सेवा समिति परिसरको सौन्दर्यीकरण, गेट निर्माण लगायतको कार्य सम्पन्न भएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech