जनकपुरधाम । उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले हरवाचरवाको समस्या समाधान गर्न तीनै तहको सरकारको सहयोग आवश्यक रहेको बताएका छन् ।

द फ्रिडम फण्डको सहयोग र राष्ट्रिय हरवाचरवा अधिकार मंचको समन्वयमा राष्ट्रिय दलित नेटवर्क नेपालले आयोजना गरेको दुई दिने तालिमको उद्घाटन गर्दै मन्त्री महतोले आपूmहरु हरवाचरवाको समस्या समाधान गर्न हरसम्भव सहयोगको लागि तयार रहेको बताए ।

आपूmहरुबाट नहुने भए संघीय सरकारमा पठाउने उनले बताए । सुकुम्बासीसँगै हरवाचरवाको समस्या पनि समाधान हुनुपर्नेमा उनले जोड दिए ।

सोमबारदेखि जनकपुरधाममा सुरु भएको जिल्ला हरवा चरवा अधिकार मञ्चका पदाधिकारीहरू र अधिकारकर्मीहरूको नेतृत्व विकास सम्बन्धी दुई दिने तालिमको उद्घाटन सत्रमा तीनै तहको सरकार मिलेर उनीहरुको लागि जग्गा व्यवस्थापन गर्नुपर्नेमा मन्त्री महतोले जोड दिए ।

नेपाल सरकारले हरवा चरवा मुक्तिको घोषणा गरेपनि मधेश प्रदेशका जिल्लाहरूमा अभैm समस्याको रुपमा रहेको उनले बताए ।

राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका राष्ट्रिय उपाध्यक्ष श्रीप्रसाद सदाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय सदस्य गणेश विश्वकर्मा सहितका वक्ताहरूले हरुवा चरुवा मुक्तिको घोषणा भएपनि समस्या यथावत् रहेको बताए ।

मधेश प्रदेशका ८ जिल्लाका विभिन्न पालिकाहरूमा हरवा चरवाको सङ्ख्या १ लाखको हाराहारीमा रहेको राष्ट्रिय दलित नेटवर्कको दावी छ ।

सम्बन्धित खवर