जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार विकास विरोधी भएको आरोप लगाएका छन् । नेकपा एमाले रौतहटले सदरमुकाम गौरमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकारको आलोचना गरेका हुन् ।

‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । देशलाई निकास दिने भनेको एमाले नै हो,’ उनले भने,‘आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ ।’

अध्यक्ष ओलीले तराई मधेसमा हुने डुबान समस्या समाधानका लागि आफूले भारतसँग कुरा गरेको तर अहिलेको सरकारले केही गर्न नसकेको बताए । उनले सभामा आफू मधेशविरोधी नभएको भन्दै मधेशका जनतालाई फकाएका थिए ।

‘म प्रधानमन्त्री हुँदा मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम भयो,’ उनले भने, ‘हुलाकी राजमार्ग भन्नुहोस् कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाए, धेरै काम भए ।’ उनले तराई मधेशको विकास र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नु पर्ने बताए ।

तराई मधेशमा हुने डुबान समस्या समाधानका लागि आफूले भारतसँग कुरा गरेको तर अहिलेको सरकारले केही गर्न नसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूले भारतसँग कुरा गरेपछि दुई देशको संयुक्त टोलीले निरीक्षण गरेको भन्दै रौतहटमा भएको कार्यक्रममा उनले भने, ‘गौरकोे डुबानको समस्या मैले देखेको छु, यहाँको यो समस्या समाधानका लागि मैले भारतका प्रधानमन्त्रीसँग वार्ता गरेको छु, दुई देशको संयुक्त टोलीले यहाँ निरीक्षण गरेको छ ।’

सीमा क्षेत्रमा भारतले जमिन उकासेर पक्की सडक बनाएका कारण पानीको निकास बन्द भएर सीमा क्षेत्रमा नेपालको भूमि बर्सेनी डुबानमा पर्ने गरेको छ ।

ओलीले भने, ‘कैलालीमा डुबानमा छ, गौरमा डुबान छ, अरु विभिन्न ठाउँमा डुबान छ । त्यो डुबानको समस्या समाधान हुनैपर्छ, पानीलाई स्वतन्त्र रुपमा बग्न दिनुपर्छ भनेर मैले भारतसँग कुरा गरेको छु, अहिलेको सरकारको त केही क्षमता रहेनछ ।’

रौतहटमा लोकतान्त्रिक समाजवादी पार्टीका दुईजना केन्द्रीय सदस्य सहित सयौं व्यक्तिहरु अन्य पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरिरहेका छन् ।

नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य मनिशंकर निधीका अनुसार लोसपाका केन्द्रीय सदस्य एवं गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्ता,अर्का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य चन्दन साहलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराइसकेका छन् ।

नेपाली काँग्रेसका जिल्ला सचिव राजेश चौधरी र गढीमाइ नगरपालिकाकी पूर्व उपमेयर सुभद्रा गुप्ता पनि एमालेमा प्रवेश गरेका हुन् ।

 

 

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग