जनकपुरधाम । भारत बिहार राज्यको मुख्यमन्त्री नितिश कुमारले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

राज्यपाल फागु चौहानलाई भेटेर नितिशले राजीनामा दिएका हुन् । राज्यपाललाई भेटेपछि नितिशले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए ।

उनले पार्टीका सबै विधायक र सांसदहरू एनडीएबाट अलग हुन चाहेको जिकिर गरे। गठबन्धनमा संलग्न बीजेपीसँग मतभेदका बीच जनता दल–यूले मंगलबार विधायक र सांसदहरूको बैठक बोलाएको थियो । भारतीय जनता पार्टी(भाजपा) सितको गठबन्धन तोड्दै नितिशले पदबाट राजीनामा गरेका हुन् ।

नितिश पुनः मुख्यमन्त्री बन्न मंगलबार नै राष्ट्रिय जनता दल(आरजेडी) का नेताहरुसित छलफल गरेका छन् । आरजेडी संसदीय दलका नेता तेजस्वी यादवले नितिशको नेतृत्वमा सरकार बनाउन सहमत भएका छन् । नितिश र तेजस्वीले सरकार गठनको लागि छलफल अघि बढाएका हुन् । यसअघि नितिशले आरजेडीको साथ छाडेर बीजेपीसित गठबन्धन गरेका थिए । उनी बीजेपीसितको गठबन्धन तोडेर यसअघि पनि आरजेडीसित गठबन्धन गरेका थिए ।

सम्बन्धित खवर