जनकपुरधाम । जनकपुर जेसीज २०२२ का अधयक्ष राजकुमार साह पदमुक्त भएका छन् । बिहीबार विशेष सधारण सभाबाट उनलाई पदमुक्त गरिएको हो ।आर्थिक अनियमितताको आरोप लागेपछि विशेष साधारण सभामा सदस्यहरुले उनलाई पदमुक्त गरी कार्यकारिनी उपध्यक्ष राजेन्द्र कुमार साहलाई अध्यक्ष बनाइएको जेसीजका महासचिव अजय कुमार गुप्ताले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।सभामा पाँच वटा एजेण्डा प्रस्तुत भएको थियो । एजेण्डा नम्बर ४ अनुसार राजकुमार साहमाथि आर्थिक अनियमितता, कार्य क्षमता/नेतृत्वको अभाव, जेसीजको आस्था र भावना विपरीत गुट उपगुट सिर्जना गरेको आरोप लगोको थियो । सो सम्बन्धमा जेसीजका अन्य पदाधिकारीहरुले स्पष्टीकरण माग गरेका थिए ।स्पष्टीकरणलाई वेवास्ता गरी कुनै जवाफ नदिएको हुनाले बहुमत सदस्यले विधानको धारा ३० बमोजिम पदभार मुक्त गर्न प्रस्ताव गरेको थियो । सोही अधारमा सदस्यहरुले सर्वसहमति गरी उनलाई पदमुक्त गरेको विज्ञप्ति मार्फत जनाइएको छ ।बाँकी रहेको कार्यकाल उपाध्यक्ष रहेका राजेन्द्र कुमार गुप्तालाई सम्हालन जिम्मेवारी दिने निणर्य गरेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech