जनकपुरधाम । अन्तरपुस्ता एकताः सबै उमेरका लागि संसार सिर्जना गदै भन्ने नाराका साज बुधबार जनकपुरधाममा पनि अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ ।

मधेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा स्थानीय गैरसरकारी संघसंस्थाको समन्वयमा बुधबार बिहान जनकपुरमा र्याली प्रदर्शन गरिएको छ । जनकपुरधामको जानकी मन्दिरबाट निकालिएको र्याली जनकचौक, शिवचौक, भानूुचौक, मिल्स एरिया हुँदै मन्त्रालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयका उपसचिव ठूलोबाबु दाहालले राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले जो जहाँ छ त्यहीँबाट युवाहरुले आफ्नो अधिकार सुनिश्चित गर्दै अगाडि बढ्नुपर्ने बताए । सामुदायिक परिवार कल्याण संघ(सीएफडब्लुए) को सहयोगमा आयोजित कार्यक्रममा युवाहरुको सहभागीता रहेको थियो ।

मन्त्रालयमा कोणसभापछि रक्तदान कार्यक्रम गरिएको थियो । मन्त्रालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा करिब दुई दर्जन युवाहरुले रक्तदान गरेका छन् ।

चारदिनसम्म मनाइने अन्तराष्ट्रिय युवा दिवसको पहिलो दिन प्रभातफेरी र रक्तदान भएको छ भने रातिमा टिभी प्रोग्राम, दिपप्रज्वलन कार्यक्रम रहेको छ ।

 

सम्बन्धित खवर