जनकपुरधाम । श्रीमती र सासुलाई आगो लगाएर फरार भएको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । सुतिरहेकी श्रीमती र सासुको शरीरमा मट्टितेल छर्केर बाहिरबाट ढोका बन्द गरी फरार भएका शंकर सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । सदालाई भारतीय सीमा क्षेत्रबाट पक्राउ गरिएको उनले बताए ।

भंगहा नगरपालिका–१ कञ्चनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया श्रीमती प्रमीलादेवी सदालाई औरही नगरपालिका–८ का शंकर सदाले शनिबार मध्यराति मट्टितेल खन्याएर आगो लगाएका थिए । आगोले जलेर सिकिस्त आमा–छोरीको काठमाडौंमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर