जनकपुरधाम । मधेश प्रदेश सरकारले संघीय सरकार विरुद्ध दिएको धर्ना कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नाटकको संज्ञा दिएको छ ।
लोसपाका सचेतक परमेश्वर साहले चुनावको मुखमा प्रदेश सरकारले प्रहरी समायोजनको नाउँमा नाटक मंचन गर्न खोजेको आरोप लगाए ।
शानदार मंचमा धर्ना बसेर प्रदेश सरकारले नाटक बाहेक केही नगरेको उनले थपे । धर्ना कसको लागि ? भने प्रश्न तेस्र्याउँदै सचेतक साहले केन्द्रमा पनि उनीहरुकै सरकार छ । आप्mनै सरकार विरुद्ध धर्ना कार्यक्रम गरेर जनतालाई भ्रमित गर्न खोजेको उनले दावी गरे ।
प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएर प्रहरी समायोजन हुन्छ ? उनले प्रश्न गरे । केन्द्र सरकारको विरोध काठमाण्डौमा गएर गर्नुपर्छ, उनले भने–तर, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले यहाँ धर्ना बसेर चुनावी मुद्दा बनाउन खोजेका छन् । चार वर्षदेखि चासो नलिएका प्रदेश सरकारले चुनावको मुखमा प्रहरी समायोजनको मुद्दा उठाएर चर्चामा आउन खोजेको सचेतक साहले बताए । गत साउन २२ गते प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा लोसपाको समर्थन थियो, जनकपुर संचारसित कुराकानी गर्दै उनले भने–तर आन्दोलनको कार्यक्रममा आपूmहरुको कुनै समर्थन छैन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech