जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) लाई पाँच दलीय गठबन्धनमा सहभागी गराउनुपर्नेमा जोड दिएका छन् ।

जनकपुरधामको जानकी मन्दिरमाा आइतबार धार्मिक यात्राको विदाई गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधिले लोसपाका नेताहरुसित पार्टी सभापति शेरबहादुर देउवाले पकट पटक छलफल गरिसकेको बताउँदै छिटै गठबन्धनमा सहभागी हुने विश्वास व्यक्त गरे ।

लोसपालाई गठबन्धनमा ल्याउन पार्टी सभापति देउवाले विभिन्न चरणमा छलफल गरेका छन्, उनले भने– मैले पनि आगामी निर्वाचनमा सँगै मिलेर जान वरिष्ठ नेता राजेन्द्र महतोसँग कुराकानी गरेको छु । नेता निधिले आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरु एकजुट भएर जानुको विकल्प नरहेको बताए । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने घोषणा गर्दै उनले राजेन्द्र महतो यहाँबाट चुनाव लड्ने वा नलड्ने यो उहाँको विषय रहेको बताए । लोसपासँग गठबन्धन भएको खण्डमा आपसमा छलफल गरेर निर्णयमा पुग्ने नेता निधिले थपे ।

आपूmले आगामी निर्वाचनमा धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने बताए ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदो निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेकोले पार्टीका तर्फबाट उम्मेदवारी दिने नेतालाई औपचारिक पत्र उहाँले नै प्रदान गर्ने नेता निधिले प्रष्टयाए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष शिवकुमार साहको आयोजनामा आइतबारदेखि प्रारम्भ भएको धार्मिक यात्रामा १३५ जना यात्री सहभागी छन् । दुई वटा बस जनकपुरबाट आइतबार दिउँसो भारतको अयोध्याको लागि प्रस्थान गरेको छ ।

धार्मिक यात्रीलाई जानकी मन्दिर प्रांगणमा निधि लगायत काँग्रेसका नेताहरुले नेपालको झण्डा देखाएर बिदाई गरेका थिए ।

वडाध्यक्ष साहले वडा नं. २ का ज्येष्ठ नागरिकलाई लिएर भारतको अयोध्या, बनारस सहितका तिर्थधामका लागि प्रस्थान गरेका छन् । यो यात्रा एक हप्तासम्म भारतको विभिन्न धार्मिक स्थानको दर्शन अवलोकन गर्ने वडाध्यक्ष साहले बताए ।

वडाध्यक्ष साहले विगतका वर्षहरुमा पनि वडा नं. २ का ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लगेका थिए ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग