जनकपुरधाम । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सदस्य रामसिंह यादव लगायतका नेताहरु नेकपा एमाले प्रवेश गरेका छन् ।
नेता यादवसहितका कार्यकर्ताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । आइतबार ओली निवास बालकोटमा आयोजित कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री यादवले माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका हुन् । उनी माओवादीमा सक्रिय रहेपनि अघिल्लो केही समयदेखि पार्टी नेतृत्व तहबाट असन्तुष्ट थिए । पार्टी प्रवेश संगै धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेको तर्पmबाट उम्मेदवारी दिने सम्भावना बढेको छ । उनीसँगै धनुषाका माओवादी नेताहरुले समेत पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका छन् ।
पूर्व मन्त्री जुली महतोको विशेष पहलमा नेता यादवले माओवादी त्याग गरेर एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेसँगै उनी आगामी चुनावमा टिकट पाउने सम्भावना बढेको छ । पाँच दलीय गठबन्धनमा सिट वाँडफाँटमा उनी टिकट पाउने सम्भावना कम थियो ।
पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीसहित स्थायी समिति सदस्य एवम् पूर्वमुख्यमन्त्री शंकर पोखरेल, पूर्वमन्त्री महतो, प्रदेशसभा सदस्य किशोरी साह, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech