वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै छिमेकीको हत्या गर्ने दाजुभाईलाई पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका–५ निवासी ३० वर्षीय प्रितम पटेल र उनकै भाई २८ वर्षीय उत्तम पटेललाई पक्राउ गरेको हो ।
छिमेककै १४ वर्षीय राजकुमार ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित आफ्नै टेलरमा लिएर ठाकुरको हत्या गरेको उनीहरुले स्विकार गरेका छन् ।
टेलरमै घाँटी थिचेर हत्या गरेपछि शवलाई बोराभित्र राखी ना ३८ प ४३९५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमार्फत भारतको रक्सौल रेल्वे स्टेशनमा पु¥याएर त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा छाडेको बयान उनीहरुले प्रहरीलाई दिएका छन््््् ।
सोही बयानकै आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंह नेतृत्वको टोलीले भारतीय प्रहरीको समन्वयमा भारत विहार, भागलपुरबाट शव बुझी ल्याएको प्रवक्ता कार्कीले बताए ।
गएको साउन २४ गते ट्युसन पढ्न हिंडेका राजकुमार बेपत्ता भएको भन्दै उनका बाबुले प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech