जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारका मन्त्रीहरुले दोश्रो दिन सोमबार पनि धर्ना बसेका छन् ।

आन्दोलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरुले सोमबार पनि धर्नालाई निरन्तरता दिएका हुन् ।

सोमबार अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, जसपाका सचेतक शैलेन्द्र यादव, पूर्व राज्यमन्त्री सुरेश मण्डल लगायतले प्रदेश प्रमुख कार्यालयमा धर्ना दिएका थिए ।

उनीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि टेन्ट टाँगेर धर्ना दिइरहेका छन् ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिँदै ध्यानाकर्षण पत्र पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको छ ।

आइतबारदेखि प्रदेश सरकारले संघ सरकारविरुद्ध धर्नामा बसेको हो । एक सातासम्म दैनिक २ घण्टा धर्ना दिने जनाइएको छ ।

 

सम्बन्धित खवर