जनकपुरधाम । जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ कागेश्चरी मनहरा नगरपालिा वडा नं. ०१ बस्ने ४० वर्षीय सन्तोष खड्का रहेका छन् ।
२०७४ चैत २६ गते धनुषा मिथिला नगरपालिका वडा नं. ६ स्थित चितवन होटेल एण्ड गेस्ट हाउसमा नबालिक केटी संग जबरजस्तीकरणी गरेको आरोपमा खडकालाई उच्च अदालत जनकपुरले ६ वर्ष कैद र ५० हजार जरिवाना गरेको थियो ।
जबरजस्ति करणी मुद्दामा उच्च अदालत जनकपुरले २०७६ असार २५ गतेको फैसलाले निज प्रतिबादी खड्कालाई ६ बर्ष कैद र पचास हजार जरिवाना गरिएको थियो ।
सजाय तोकिएपनि हालसम्म फरार रहेका प्रतिबादी खड्का हाल जिल्ला सिन्धुली सेल्फीडाडा स्थित होटल कोहिनुर सञ्चालन गरि बसिरहेको भन्ने सुचना प्राप्त हुन साथ यस कार्यालयबाट खटि गएको विशेष अनुसन्धान टोलीले स्थानीय प्रहरीको सहयोगमा आइतबार उनलाई पक्राउ गरिएको थियो ।
आइतबार साँझ सिन्धुली कमलामाई न.पा. वडा ०१ सेल्फीडाडा स्थित होटल कोहिनुरमा लुकिछिपी बसिरहेको अबस्थामा उनलाई नियन्त्रणमा लिई जनकपुर ल्याएको थियो । आवश्यक कार्वाहीको लागि धनुषा जिल्ला अदालतमा उपस्थिति गराईएकोमा पुर्पक्षको लागि सिन्धुली कारागार पठाउने आदेश भएको छ
Copyright © 2025, All Rights Reserved | Developed By ProTech