जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश समिति गठन गरिएको छ । रामबाबु कुमार यादवको अध्यक्षतामा ९१ सदस्यीय मधेश प्रदेश समिति गठन गरिएको हो । जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा मंगलबार बसेको बैठकले उपाध्यक्षहरुमा रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, बृजमोहन तिवारी, रामसेवक यादव, सुशिल कुमार यादव र लिलाहरि खतिवडा, मुख्यसचिवमा दिनेश कुमार यादव, सचिवहरुमा युसुफ अली, निरा देवी साह, शैलेश कुमार साह, पुनित राम र जीतेन्द्र कुमार यादव तथा कोषाध्यक्षमा रेणु यादव चयन भएका छन् । यस्तै सदस्यहरुमा बजरंग कुमार यादव, हरिनारायण यादव, विजय भगत, राजकुमार यादव, चन्देश्वर महतो, देवकृष्ण मण्डल, रामो महरा(धनुषा), शेष अब्दुल कलाम(रौतहट), अशोक कुमार यादव(सर्लाही), निर्मला यादव(महोत्तरी), रामनरेश राय(महोत्तरी) लगायतका रहेका छन् । बैठकले १८१ सदस्यीय प्रदेश परिषद् समेत गठन गरिएको छ । विजय कुमार यादव नेतृत्वको प्रदेश समिति विघटन भएपछि समिति गठन हुन सकेको थिएन् । रामबाबु कुमार यादवको नेतृत्वमा २१० सदस्यीय प्रदेश परिषद् गठन गरिएको थियो । परिषद्का केही सदस्यहरु बाबुराम भट्टराईतिर लागेपछि हेरफेर गरेर प्रदेश समिति र परिषद् गठन गरिएको मुख्य सचिव दिनेश यादवले बताए ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग