जनकपुरधाम । धनुषाको विदेह नगररपालिकामा विविध कार्यक्रम गरी अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, आसमान नेपाल, सीएफडब्लुए तथा शंकर जनता उच्च माध्यमिक विद्यालय दुहबीगोबराहीको आयोजनामा मंगलबार विद्यालय प्राङ्गनमा विविध कार्यक्रम गरि अन्तराष्ट्रिय युवा दिवस मनाइएको हो ।

विदेह नगरपालिकाको उपमेयर आशा देवी झाको प्रमुख आतिथ्य तथा विद्यालयको प्रधानाध्यापक धनिकलाल ठाकुरको अध्यक्षतामा भएको कार्यक्रमको सुरुवात वृक्षारोपणले गरिएको थियो । कार्यक्रममा विभिन्न जातका ८० वटा विरुवा रोपिएको थियो । युवा र्दुव्यसनी र यसको रोकथामको विषयमा माध्यमिक तहका किशोर किशोरीले आ आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमलाई अझ प्रभावकारी बनाउन किशोर किशोरीहरुले नृत्य प्रस्तुत गरेका थिए भने शिक्षकहरुको लागी घैटा फोर प्रतियोगीता राखेको थियो ।

सहभागी किशोर किशोरी र शिक्षकहरुलाई आसमान नेपालको तर्पmबाट १ थान डायरी र १ थान डट पेन सान्तवना स्वरुप उपलब्ध गराएको थियो ।

सो अवसरमा वाड न २ का वाड अध्यक्ष रामपुकार सहनी, वडा सदस्यहरु फिरन नदाफ, पुनमदेवी महरा, शंकर पंडित, सुधिरा देवी चौधरीको उपस्थिती थियो ।

सम्बन्धित खवर