लहान । जनता समाजवादी पार्टी (जसपा) सिरहा लहान नगरपालिका वडा न.२४ मा वडा स्तरीय बिस्तारित बैठक गरेको छ ।
जसपा केन्द्रयि सदस्य ललिता विद्रोहीको प्रमुख आतिथ्यमा भएको वडास्तरीय विस्तारित बैठकमा आगामी चुनाव, संगठन सुदृढिकरण जस्ता विषयमा छलफल भएको छ ।
वडा इकाइ समिति अध्यक्ष चन्देश्वर साहको अध्यक्षतामा भएको विस्तारित बैठकमा संघीय परिषद सदस्य जितेन्द्र प्रकाश महतो, भोगेन्द्र पासवान, रामनारायण महतो, क्षेत्रीय अध्यक्ष प्रयाग लाल यादव, नगर अध्यक्ष तथा जिल्ला समन्वयका प्रमुख दिनेश कुमार महतो, प्रदेशसभा क्षेत्रका क्षेत्रीय सचिव शुभकलाल यादव, नगर सदस्य लगन पासवान लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन निर्वाचित वडाध्यक्ष रासलाल राय राजपुतले गरेका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech