जनकपुरधाम । धनुषा प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कमला नगरपालिका वडा नं. ३ लगमा बस्ने ४२व वर्षीय अरुण भण्डारी र २८ वर्षीय विजय भण्डारी रहेका छन् । ज्यान मार्ने उद्योग र डाँका मुद्दाको अनुसन्धानको क्रममा उनीहरु विरुद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

ृउनीहरुको खोजतलास गर्ने क्रममा ईलाक प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले बुधबार बिहान कमला नगरपालिका वडा नं. ३ लग्मा बजारको सार्वजनिक सडक खण्डबाट नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि धनुषा जिल्ला अदालतमा उपस्थिति गराईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर