जनकपुरधाम । शहीद रामबृक्ष यादवको २८औ स्मृति दिवस बिहीबार धनुषाको बरमझियासहित देशभर मनाइएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् पूर्व मन्त्री मातृका प्रसाद यादवले शहीद रामवृक्ष यादवको योगदानको स्मरण गरे । उनको बलिदानीले आज मुलुकमा लोकतन्त्र स्थापित भएको उनले तर्क गरे । मास्टर साहेबको योगदानको पार्टीले सदैव ऋणि रह्नेछ, उनले भने–मास्टरसाहबको योगदान अतलनीय छ ।

सो अवसरमा शहीद यादवकी छोरी शिक्षा, विज्ञान तथा प्रविधि राज्य मंत्री बोधमाया यादव, मधेश प्रदेशका गृह तथा संचारमन्त्री भरत प्रसाद साह, माओवादी धनुषा अध्यक्ष इन्चार्ज योगकुमार बरबरिया, जिल्ला अध्यक्ष दिपक यादव, लगायतको नेताले मन्तव्य राखेका थिए । भदौ २ गतेका दिन प्रत्येक वर्ष बरमझियामा उनको स्मृति दिवस मनाउँदै आएको छ । नेकपा माओवादी केन्द्रीय कार्यालय पनि यादवको स्मृति दिवस मनाउँदै आएको छ । बिहीबार केन्द्रीय कार्यालयमा पनि स्मृति दिवस मनाइएको हो ।

वि.स.२०५१ भदौ १ गतेका दिन जनकपुरमा नेपाल बन्द कार्यक्रम सम्पन्न गरेर भोली पल्ट घर फर्किने क्रममा वि.स.२०५१ साल भदौ २ गते सबैलामा प्रहरीद्वारा मारिएका थिए ।

शहीद रामवृक्ष यादवको एक्लो छोरा शेखर यादव, छोरी ज्वाई डम्बर यादवले पनि जनयुध्दको क्रममा सहादत प्राप्त गरेका थिए ।

उनका पत्नी संविधान सभा सदस्य रामकुमारी यादवको ग्यास सिलिन्डर विस्फोटमा परी मृत्यु भएको थियो । उनको ४ जना छोरी छन् । बोधमाया कुमारी यादव हाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको राज्य मन्त्री छन् भने ज्वाई रामकुमार यादव नेकपा माओवादी (केन्द्र) पार्टीको केन्द्रीय नेता हुन् । यसअघि भदौ १ गते शहिद चन्देश्वर मण्डलको बलिदानी दिवस मनाइएको थियो । मण्डलको १७ औँ स्मृति दिवस उनको पुख्र्यौली गाउँ मिथिलेश्वरमा मनाइएको थियो । स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा नन्दकिशोर यादव , अशोक यादव , राम उदगार दास , मिथिला बिहारी नगरपालिकाको नगर उप प्रमुख शोभा देवी साह , प्रदेश कमिटी सदस्य उदय बरबरिया यादव लगायत प्रदेश कमिटी सदस्य जिल्ला कमिटी सदस्यहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमको संचालन वाईसिएलका धनुषा जिल्ला संयोजक तथा मिथिला बिहारी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष संजय कुमार शर्माले गरेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य मिथिला बिहारी नगरपालिकाको नेकपा माओवादी केन्द्रको मेयर प्रतियाशी सुर्य नारायण मण्डलले गरेका थिए ।

सम्बन्धित खवर