भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नै नयाँ सिजनका साथ पुनरागमन गर्दैछ । नयाँ सिजनका लागि शोका होस्ट सलमान खानले अघिल्लो १५ औं संस्करणको भन्दा तीन गुणा बढी पारिश्रमिक लिँदै छन् । यद्यपि निर्माताले यो कुराको हालसम्म पुष्टि गर्न सकेका छैनन् । समाचारअनुसार यो सिजनका लागि सामानले एक हजार करोड रुपैंयाँ पारिश्रमिक लिँदै छन् । यदि यो खबर सत्य हो भने सलमानले लिने यो पारिश्रमिक यो वर्ष सर्वाधिक कमाई गरेको फिल्म ‘केजीएफः च्याप्टर २’ को बजेट भन्दा पनि १० गुना बढी हो ।यश स्टारर फिल्म ‘केजीएफः च्याप्टर २’ करिब एक सय करोडको बजेटमा निर्माण भएको हो । यसले बक्स अफिसमा करिब एक हजार करोड रुपैयाँको कमाई गरेको थियो । यही हिसाबले सलमान वर्षको ब्लकबस्टर फिल्मको बजेटभन्दा १० गुना बढी पारिश्रमिक लिन लागेका हुन् ।
‘बिग बोस १६’ अक्टोबरको सुरुवातसम्ममा अन एयर हुनेछ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech