काठमाण्डौ । राष्ट्रिय एकता अभियानको युवा विभागले जिहादी प्रवद्र्धक मुस्लिम आयोग र राष्ट्रघाती बीआरआई सम्झौता खारेजको माग गर्दै शनिबार काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् ।
युवा विभागका सयौँको संख्यामा रहेका युवाहरुले काठमाडौँस्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकालेको हो ।
विरोध र्याली माइतीघर मण्डलाबाट सुरु भई बानेश्वरमा पुगी कोण सभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरु जिहादी प्रवद्र्धक मुस्लिम आयोग खारेज गर, राष्ट्रघाती बीआरआई सम्झौता खारेज गर तथा हिन्दुराष्ट्र कायम गर लगायतको चिनियाँ विस्तारवाद मुर्दावाद भन्दै नारा लगाइएको थियो ।
युवा विभागद्वारा निकालिएको र्यालीमा अभियानका अध्यक्ष विनय यादवले राष्ट्रघाती बीआरआई सम्झौता र जिहादी प्रवद्र्धक मुस्लिम आयोग तत्काल खारेजी गर्नलाई सरकारसँग आग्रह गरेको छन् ।
त्यस्तै अभियानका केन्द्रीय सदस्य राजेश हिन्दू सम्राट, चन्द्र यदुवंशी, लगायत युवा विभागका अध्यक्ष कृष्ण यादव, प्रवक्ता रजनीश पाण्डेय, सदस्य प्रीति पाण्डेय, मुस्कान यादव, भाग्यनारायण ठाकुर, बोधनारायण यादव, राष्ट्रिय विधार्थी परिषद्का महासचिव पप्पू यादव लगायतले राष्ट्रघाती बीआरआई सम्झौता र जिहादी प्रवद्र्धक मुस्लिम आयोग तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech