गौशाला । जनता समाजवादी पार्टी(जसपा) महोत्तरी निर्वाचन क्षेत्र नं. १ क्षेत्रीय समिति गठन गरिएको छ । गौशाल नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोको अध्यक्षतामा ५१ सदस्यीय क्षेत्रीय समिति गठन गरिएको हो । नगर प्रमुख महतो जसपा नेपालको क्षेत्रीय अध्यक्षमा सर्व सहमतिले चयन भएका हुन् ।
शनिबार गौशालामा जसपा नेपालको महोत्तरी क्षेत्र नम्बर १ को क्षेत्रीय भेलाबाट नगर प्रमुख महतोको अध्यक्षतामा ५१ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो । उपाध्यक्षमा लक्ष्मी मोक्तान, राम कुमारी महतो, सचिवमा राम पुकार यादव, सह–सचिवमा शत्रुधन राम, कोषाध्यक्षमा मिथलेश यादव, सदस्य कुशेश्वर सिंह कुशवाहा, कुमर कान्त झा, विष्णुदेव सिंह दनुवार, संजीव चौधरी, विनोद यादव, सीता देवी महतो लगायतका रहेको जसपाका केन्द्रीय सदस्य तथा क्षेत्रीय सल्लाहकार रमेश महतोले जनाए । त्यसैगरी क्षेत्रीय समितिको सल्लाहकारमा लक्ष्मी महतो, रमेश महतो, नवल किशोर यादव, सुर्य नारायण महतो, विनोद महतो, राम कुमारी महतो, राम श्रेष्ठ महतो, शेष जलिल लगायत देव नारायण महतोलाई चयन गरेका छन् ।
प्रदेश सभा समन्वय समिति प्रदेश (क) मा राम बाबु यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको छ । प्रदेश (ख) मा योग नारायण महतोको अध्यक्षतामा ५१ सदस्यीय समिति गरिएको छ । जसमा उपाध्यक्षमा अनिल महतो, रेणु कुमारी महतो, महेश्वर यादव, कोषाध्यक्षः फेकन महतो, सचिवः मनोज ठाकुर, सह–सचिवः भागिरथ यादव, सदस्य रिझन महतो, फुलो देवी महतो, राम चन्द्र चौधरी लगायत ५१ सदस्यीय गठन गरिएका छन् ।
उक्त भेलाबाट क्षेत्र भित्र पर्ने सम्पूर्ण वडा समितिहरुको गठन पुर्नगठन भाद्र मसान्त भित्र सम्पन्न गर्ने भनी समेत निर्णय गरेको सदस्य रमेश महतोले बताए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech