जनकपुरधाम । आगामी अक्टोबर १६ तारेखदेखि अष्ट्रेलियामा सुरु भइरहेको टी–२० क्रिकेट विश्वकपको ट्रफी जनकपुर आउने भएको छ । नोभेम्बर १३ फाइनल खेलिन उक्त विश्वकपको ट्रफी सगरमाथाको आधार शिविरमा समेत पु¥याइने भएको छ ।
तालिका अनुसार अगस्ट ३० अर्थात भदौ १४ गते विश्वकपको ट्रफी नेपाल आइपुग्नेछ । ट्रफी नेपालमा भदौ १५ सम्म राखिने छ । सोही क्रममा ट्रफीलाई सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पु¥याइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार भदौ १५ गते ट्रफीलाई आधार शिविर पु¥याइनेछ । त्यसपछि ट्रफीलाई भक्तपुर तथा जनकपुरधाममा प्रदर्शनीका लागि समेत राखिने योजना रहेको उनले बताए ।
नेपाल हुँदै ट्रफी सिंगापुर लगिने तालिका रहेको छ । जुलाई ८ बाट सुरु भएको ट्रफी टुर अक्टुबर १६ मा अन्त्य हुनेछ । ट्रफीलाई विभिन्न २९ स्थानमा टुर गराइनेछ । २०२१ समा युएईमा सम्पन्न टी–२० क्रिकेट विश्वकप समेत जितेको अष्ट्रेलियाले सन् २०२२ को विश्वकपको आयोजना गर्न लागेको हो । क्रिकेट विश्वकपको ट्रफी यसरी पहिलो पटक भ्रमण गराउन लागिएको हो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech