चन्द्रपुर । रौतहटमा सार्वजनिक पद धारण गरेका व्यक्तिको अर्को अश्लिल हर्कत सामुन्ने आएको छ । अव प्रहरी नायब निरीक्षकको अश्लिल हर्कत सार्वजनिक भएको हो ।
कृष्णाष्टमीको अवसरमा आयोजित मेलाको अवसरमा आयोजित सांस्कृति कार्यक्रममा असई राजकिशोर साहले नर्तकीसँग भोजपुरी गीतमा अश्लिल नाच गरेका थिए । उनले गरेको नाचको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । उनको अमर्यादित क्रियाकलापका कारण सिंगो प्रहरी संगठनको सामाजिक संजालमा आलोचना भएको छ । सुरक्षा प्रदान गर्ने निकाय नै यस्तो अस्लिल गतिविधिमा संलग्न भएपछि दण्डहिनता र समाजिक अराजक वृद्धि हुने आशंका गरिएको छ ।
नृत्यमा बर्दीमा नै असई साहले दर्शकको अगाडि अश्लील नृत्य गरेका थिए । धार्मिक मेलाको अवसरमा आयोजक समितिले भोजपुरी गीतको नृत्य आयोजना गरेपछि मातिएर असई साह स्टेजमा चढेर नर्तकीसित टाँसिई टाँसिई अश्लील नृत्य गरेपछि प्रहरीको आलोचनासँगै भिडियो भाइरल भएको छ ।
गढीमाई नगरपालिका–७ स्थित मेलामा अश्लील नृत्य गरेका प्रहरी नायव निरीक्षक (असई) कारबाहीमा परेका छन् । पदीय आचरण विपरित सार्वजनिक स्थानमा अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
असई राजकिशोर साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनको जिम्मेवारी खोसेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यसअघि रौतहटको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले पत्निसित टिकटक बनाएर विवादित बनेका थिए । उनी आप्mनी श्रीमतीलाई काखमा राखेर कार्यकक्षमै बनाएको टिकटक भाइरल भएको थियो । नेकपा एमालेका प्रभावशाली नेता प्रभु साहकी श्रीमती रिना साह मेयर रहेकी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले पत्निसित गैरजिम्मेवारीपूर्ण हर्कत गरेको देखिएको थियो । उनको यो टिकटक पनि सामाजिक संजालमा भाइरल भएको थियो । जिल्लाका सार्वजनिक पद धारण गरेर यसरी अश्लिल हर्कत गरेपछि आम जनता निरास भएका छन् । कानुनको पालना गराउने निकाय नै यस्ता क्रियाकलाप गरेपछि आम नागरिकको सुरक्षाको ग्यारेन्टी कसरी हुन्छ । केही वर्ष यता तराई मधेशका जिल्लाहरुमा अश्लिल आर्केष्ट्रामा भैmझगडा, कुटाकुटसहित अपराधिक क्रियाकलाप हुने गरेको छ । यस्ता क्रियाकलाप हुन नदिन मधेश प्रदेशका अधिकांश जिल्ला प्रशासनले अश्लिल आर्केष्ट्रामा रोक लगाएको छ । यद्यपी, प्रहरीको उपस्थितिमै आर्केष्ट्रा कार्यक्रमहरु ठाउँ ठाउँमा आयोजना भएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech