जलेश्वर । महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ परेका छन् । मिटरब्याजी साहलाई शनिबार राति महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ५ आफ्नै घरबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी विपन्न परिवारको उठिबास गराउने र महिलाहरुलाई ऋणकै बहाना विभिन्न अमानवीय प्रस्ताव राख्ने जस्ता गतिविधि लामो समयदेखि गर्दै आएको साहमाथि आरोप छ ।

महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीका अनुसार पक्राउ परेका साह माथि ठगी तथा अपराधी विश्वासघात कसुरमा कारबाही प्रक्रिया अगाडी बढाउने कार्य भईरहेको छ । गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपी चर्को ब्याजदरमा अर्थात १२ गुनासम्मको तमसुक बनाई ठगी गर्दै आएको आरोप उनी माथि लामो समयदेखी लाग्दै आएको थियो ।

 

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग