राजविराज । सशस्त्र प्रहरी सप्तरीले आइतबार बिहान ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । हनुमाननगर कङ्कालिनि नगरपा
लिका वडा न.१ स्थित कोशि ब्यारेजबाट बिहान ९ पोका २४० किलो गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेको कमान्डमा खटिएको सशस्त्र प्रहरीको मोबाइल गस्ति टोलीले चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिए । उनका अनुसार अघिल्लोपटक प्रदेश न. १ को सुनसरि र मधेश प्रदेशको सप्तरीमा गाँजा तस्करहरु सकृय रहेको अवस्थामा सिमावर्ती नाकामा चेकजाँचमा कडाइ गरेपछि ठुलो परिमाणमा गाँजा बरामद भएको छ ।

यस्तै, बारा प्रहरीले अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

जितपुरसिमरा उपमहानगरपालिका–७ टेडा रोड जाने बाटोबाट करिब १२ केजी अवैध लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१२ बस्ने २६ वर्षीय रामकुमार प्रजा र १८ वर्षीय किशोर रहेका छन् । उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका उनीहरूलाई जाँच गर्ने क्रममा झोलाभित्र २ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

सम्बन्धित खवर