जनकपुरधाम । नेपाल सुशासन पार्टी पर्सा जिल्ला अध्यक्ष मधुसुदन चौरसिया जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
काठमाडौंस्थित जसपाको केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा चौरसिया रमेश खरेलको सुशासन पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन् ।
जसपाको पार्टी कार्यालयमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वन तथा वातावरण मन्त्री प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतले चौरसियालाई गम्छा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
चौरसिया गत स्थानिय तहको निर्वाचनमा सुशासन पार्टीबाट पर्साको बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी समेत दिएका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech