जनकपुरधाम । असोज ११ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुरधामको टिमले पनि सहभागिता जनाउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी असो ११ (सेप्टेम्बर २४ तारेख)बाट हुने एनपीएलमा जनकपुरधामको टिमले पनि सहभागिता जनाउने भएको छ ।

सोमबबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा जनकपुर रोयल्स नामको टीमले एनपीएलमा सहभागी जनाउने बताए ।

सो लिगमा ६ वटा टिमले सहभागिता जनाउने भएका छन् । जसमध्ये ४ वटा टिमको टुंगो लागेपनि बाँकी दुई टिमको अभैm छनौट हुन बाँकी रहेको छ ।

जनकपुरधामको जनकपुर रोयल्स, कान्तिपुर टिम, लुम्बिनीको लुम्बिनी अल स्टार्स र विराटनगरको विराटनगर सुपर किंग्सले सहभागिता जनाउने निश्चित भइसकेको छ ।

जनकपुर रोयल्स टिमलाई भारत जयपुरको गोल्ड स्पोर्ट्स प्रालिले खरिद गरेको छ । जानकी माताको सेवा गर्ने सोच पहिल्यैदेखि रहेकोले जनकपुरको टिम आफूले खरिद गरेको गोल्ड स्पोर्ट्स प्रालिका निर्देशक गौरीशंकर धमानीले बताए ।

जनकपुरको यो टिम उनले कति मूल्यमा खरिद गरेको सम्बन्धमा केही खुलाएनन् । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा बाँडिएको छ । ‘ए’ श्रेणीका खेलाडीको बेस प्राइस १५ लाख, ‘बी’ श्रेणीका खेलाडीको १० लाख र ‘सी’ श्रेणीका खेलाडीको ५ लाख रुपैयाँ तोकिएमो छ ।

लिगमा नेपाली खेलाडीका साथै विदेशी खेलाडीले समेत सहभागिता जनाउनेछन् । प्रतियोगितामा सहभागी हुन चाहने ९६ जना खेलाडी लिलामी हुनेछ । लिलामीमा ६६ जना नेपाली खेलाडी र ३० जना विदेशी खेलाडी सहभागी हुने बताइएको छ ।

सम्बन्धित खवर