जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) मधेश प्रदेश समितिले आठै जिल्लाको इन्चार्ज र सह–इन्चार्ज तोकेको छ ।

मधेश प्रदेश समिति अध्यक्ष रामबाबु कुमार यादवको अध्यक्षतामा बसेको बैठकले आठै जिल्लाका इनचार्ज र सह–इन्चार्ज तोकेको हो ।

धनुषा जिल्लाको इन्चार्जमा चन्देश्वर महतो र सह–इन्चार्जमा युवा नेता बजरंंग कुमार यादवलाई तोकेको छ ।

मधेश प्रदेश समितिको कार्यालय जनकपुरमा बसेको बैठकले महोत्तरीको जिल्ला इन्चार्जमा राजनारायण यादव, सह–इन्चार्जमा निर्मला यादव, सर्लाही जिल्ला इन्चार्जमा प्रदेशसभा सदस्य अशोक यादव, सह–इन्चार्जमा गंगा लामा, रौतहट जिल्ला इन्चार्जमा रामअशिष यादव, सह–इन्चार्जमा राजकुमार दास, बाराको इन्चार्जमा अवधभुषण यादव, सह–इन्चार्जमा सोहन शर्मा, पर्सा जिल्ला इन्चार्जमा प्रदेशसभा सदस्य सिंहाशन सा कलवार, सह–इन्चार्जमा महराज यादव, सिरहा जिल्ला इन्चार्जमा बादल प्रसाद यादव, सह–इन्चार्जमा विष्णु साह, सप्तरी जिल्ला इन्चार्जमा कौशलेन्द्र यादव र सह–इन्चार्जमा छेदी यादव चयन भएका छन् । जसपा मधेश प्रदेश समिति पुर्नगठन भएको केही दिन नबित्दै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ । गएको साउन ३१ गते मात्रै रामबाबु कुमार यादवको अध्यक्षतामा ९१ सदस्यीय मधेश प्रदेश समिति पुर्नगठन गरिएको थियो । जिल्ला इन्चार्ज र सह–इन्चार्ज हुन प्रदेश सदस्य हुनु पर्ने प्रावधान छ ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग