जनकपुरधाम । धनुषा प्रहरीले ज्यान मार्ने उधोग र डाँका मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला कमला नगरपालिका–३ लगमा बस्ने २६ वर्षीय लक्ष्मीकान्त माली भण्डारी रहेका छन् । उनी विरुद्ध नारायण भण्डारीले ज्यान मार्ने उधोग र डाँका मुद्दा दर्ता गराएका थिए । अनुसन्धानको क्रममा प्रतिवादीहरुको नाममा धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हुँदा लक्ष्मीकान्तलाई खोजतलास गर्दै जाने क्रममा ईलाक प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको टोलीले सोमबार बिहान कमला नगरपालिका वडा नं. २ माची बजारस्थित सार्वजनिक सडक खण्डबाट पक्राउ गरेको थियो ।
लक्ष्मी कान्तलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि धनुषा जिल्ला अदालतमा उपस्थिति गराईएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech