जनकपुरधाम । कुमारी आमाले चिनिने निहारिका सिंह राजपूतको मुद्दामा उच्च अदालत जनकपुरले डीएनए परीक्षणको आदेश दिएको छ ।

महोत्तरीकी निहारिका सिंहको माग दाबी बमोजिम उच्च अदालत जनकपुरले डीएनए परीक्षणको आदेश दिएको हो ।

उच्च अदालत जनकपुरधामका न्यायाधीश भोजराज अधिकारी र रेखा पाण्डे थापाको संयुक्त इजलासले पीडित भनिएकी सिंह, उनका डेढ वर्षका छोरा तथा पीडक भनिएका शिवराज श्रेष्ठलाई उच्च सरकारी वकिलको रोहवरमा विधि विज्ञान प्रयोगशाला खुमलटारमा डीएनए परीक्षणका लागि आदेश दिएको उच्च अदालतका रजिस्टार खड्गराज अधिकारीले जानकारी दिए ।

निहारिकाले आफूलाई श्रेष्ठले जुसमा नशा दिएर बलात्कार गरेको आरोपसहित डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् ।

जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् । प्रहरीले आरोपित शिवराज श्रेष्ठलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

सम्बन्धित खवर