लहान । नेपाल सद्भावना पार्टी परित्याग गरेकी सरिता गिरीले सिरहा १ बाट चुनाव लड्ने घोषणा गरेकी छन् । बिहीबार उनले सामाजिक सञ्जालमार्फत् आगामी मंसिर ४ गते हुन लागेको चुनाव लड्ने घोषणा गरेकी हुन् ।
‘म सिरहाको १ नं निर्वाचन क्षेत्र बाट सांसद पदका लागि निर्वाचन लड्न गई रहेको छु । यो आधिकारिक घोषणा हो । सबै जना संग सहयोगका लागि विनम्रता पुर्वक आग्रह गर्दछु,’ उनले लेखेकी छन् ।
यसअघि पनि उनी पटकपटक संघीय सांसद भइसकेकी छन् । पछिल्लो समय जिल्लामा बसेर सामाजिक कार्यमा सक्रिय उनले चुनावी तयारी सुरु गरेकी हुन् ।
बुधबार गिरीले सद्भावना पार्टी परित्याग गरेकी थिइन् । कांग्रेस नेता प्रदीप गिरीको अन्तिम इच्छा अनुसार आफूले सद्भावना परित्याग गरेको उनको भनाई छ । यसअघि उनी लहान नगरपालिकाको मेयरमा पनि चुनाव लड्ने घोषणा गरेर पछि हटेकी थिइन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech