लहान । नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाल दलित संघका सिरहा जिल्ला देवनाथ पासमानसहितका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी(जसपा) नेपालमा प्रवेश गरेका छन् । जिल्लाको औरही गाउँपालिका–४ इटाटारमा भएको कार्यक्रममा पासवानसहितका नेता कार्यकर्तालाई जसपाका कार्यकारिणी समिति सदस्य समेत रहेका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले पार्टी प्रवेश गराएका हुन् । गमछा, पुष्पमाला लगाएर उनीहरुलाई मन्त्री यादवले पार्टीमा स्वागत गरेका छन् ।

जसपा औरही गाउँपालिका–४ इटाटार वार्ड इकाइ कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राष्ट्रियसभा सदस्य मो. खालिद सिद्दिकी, पुर्व मन्त्री सत्रुधन सिंह कोइरी, केन्द्रीय सदस्यहरु चन्देश्वर पासमान, चन्देश्वर सदा एबम प्रदेश सभा सदस्य सुनिता देबी मोची, युवा नेता रामो महरा लगायत पार्टीका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो । यसअघि बिहीबार नै औरही गापा–४ को वार्ड इकाई कमिटीको कार्यालय समेत उद्घाटन गरिएको थियो ।

सम्बन्धित खवर