जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) धनुषाको निर्वाचन क्षेत्र नं. ३ र ४ गठन गरिएको छ ।

आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारीको लागि जसपाको केन्द्रीय सर्कुलर अनुसार जिल्लाहरुमा बिहीबार क्षेत्रीय भेला गरिएको छ । धनुषा निर्वाचन क्षेत्र नं. ३ र ४ मा बिहीबार सम्पन्न भेलाले क्षेत्रीय समिति गठन गरेको छ ।

निर्वाचन क्षेत्र नं. ४ को क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा सम्पन्न क्षेत्रीय भेलाले राजेश्वर यादवको अध्यक्षतामा २१ सदस्यीय क्षेत्रीय समिति गठन गरिएको छ । केन्द्रीय प्रतिनिधि बालकिशोर यादवको प्रमुख आतिथ्यमा भएको भेलाले क्षेत्रीय समितिको उपाध्यक्षमा विजय यादव, महिला उपाध्यक्षमा रामसुन्दरी महतो, सचिवमा रंजित यादव र सहसचिवमा नवल राउत रहेका छन् । बैठकले प्रदेशसभा क्षेत्र क र ख समेत गठन गरेको छ ।

प्रमोद यादवको अध्यक्षतामा २१ सदस्यीय प्रदेशसभा क्षेत्र क क्षेत्रीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सुरेन्द्र प्रसाद यादव, महिला उपाध्यक्षमा विमला देवी यादव, सचिवमा धर्मवीर यादव(विरेन्द्र), सहसचिवमा सुधिर यादव र कोषाध्यक्षमा राजकुमार ठाकुर रहेका छन् । यस्तै सदस्यहरुमा रामइश्वर मण्डल, अन्सारुल मोमिन, कारो देवी सदा, सुकन साह, केवल यादव लगायतका रहेका छन् । यस्तै राजेश्वर महतोको अध्यक्षतामा ११ सदस्यीय प्रदेशसभा क्षेत्र ख क्षेत्रीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षद्वयमा बुलन यादव, रामएकवाल चौधरी र सचिवमा जीतेन्द्र कुमार साह रौनियारलाई चयन गरेको छ ।

भेलामा केन्द्रीय सदस्यहरु महाजन यादव, उर्मिला साह, रामगोविन्द यादव, प्रमिला सिंह, मनमाया मोक्तान, मधेश प्रदेश उपाध्यक्ष शेषनारायण यादव, धनुषा जिल्ला इन्चार्ज चन्देश्वर महतो, घनश्याम यादव लगायत प्रतिनिधिसभा क्षेत्रका ४२ वडामध्ये अधिकांश वडाका पार्टी वडाध्यक्ष लगायत निर्वाचित जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

यता, बिहीबार नै जसपा धनुषा निर्वाचन क्षेत्र नं. ३ क्षेत्रीय समिति समेत गठन गरेको छ ।

जनकपुरधाममा आयोजित क्षेत्रीय भेलाले क्षेत्र नं. ३ को अध्यक्षमा जुगल किशोर यादवलाई चयन गरेको छ । यस्तै प्रदेशसभा क्षेत्र क को क्षेत्रीय अध्यक्षमा जय कुमार यादव र ख को क्षेत्रीय अध्यक्षमा सुमित शेखर साह सर्वसम्मतिले चयन भएका छन् ।

सम्बन्धित खवर