जनकपुरधाम । मधेश प्रदेश सरकारले कुमारी आमा भनेकी निहारिका सिंह राजपूतलाई पाँच लाख आर्थिक सहयोग दिने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले महोत्तरीकी निहारिकालाई पाँच लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाको पहलमा निहारिका सिंहलाई कानूनी लडाईमा सहयोग पु¥याउने तथा बच्चाको भरण पोषणमा सघाउने उद्देश्यले सहयोग गर्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।
उच्च अदालत जनकपुरले निहारिका सिंह राजपुत, निजका छोरा तथा पीडक भनिएका शिवराज श्रेष्ठको डिएनए परीक्षणका लागि आदेश दिइएको दुई दिनपछि मधेश प्रदेश सरकारले कानूनी लडाई लड्नका लागि सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरेको मन्त्री साहले बताए ।
पीडित सिंहले आफूलाई चिसो पेय पदार्थमा नशा मिसाएर खुवाई जबरजस्ती करणी गरेका कारणले नै गर्भ रहेको र आफूले आफन्तको राय सुझावको बेवास्ता गर्दै बच्चालाई जन्म दिएको बताउँदै आएकी छिन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech