जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाले नगर भित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगर भित्रका ७० वर्ष पुगेका १ हजार ९ सय ६ जना ज्येष्ठ नागरिकलाई नगरपालिकाले दोसल्ला ओढाएर सम्मान गरेको हो । नगरपालिकाको वार्षिक कार्यक्रम अन्र्तगत बिहीबार र शुक्रबार नगर भित्रका सबै ज्येष्ठ नागरिकलाई मेयर प्रदिप यादव र उप मेयर दुर्गी कुमारी मण्डलले दोसल्ला ओढाएर सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले बताए ।
घर परिवारबाट अपहेलित भएका र दुख पाएका बुद्धबृद्धा नगरपालिकाबाट सम्मानि हुँदा खुसि भएका थिए । विभिन्न क्षेत्रमा अनुभवी र समाज विकासकालागि योगदान गरेकाहरुलाई मनोबल बढाउन नगरपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेको मेयर यादवले बताए । दुख बिर्सेर खुसि बनाउन र अनुभव एक आपसमा साट्न सम्मान कार्यक्रम प्रभावकारी भएको मेयरले बताए । आगामी दिनमा पनि यस्तो सामाजिक विकासको कार्यक्रमहरुलाई निरन्तरता दिने उनले बताए । आप्mनो परिवार र सन्तानको लागि जीवन लगाइदिएका ज्येष्ठ नागरिक अहिलेको अवस्थामा अपहेलित महशुस गरेका छन् । उनीहरुको सम्मान गरेर उनले देखाएको मार्गलाई आत्मसाथ गरेर अघि बढे सामाजिक रुपान्तरणमा सहयोग पुग्ने विश्वास मेयर यादवले व्यक्त गरे ।
ज्येष्ठ नागरिक मार्गदर्शक मात्रै नभएर हाम्रा लागि भगवान हुन, सम्मान कार्यक्रममा मेयर यादवले भने,‘भगवानको पुजाकालागि तुल्सी अनिवार्य हुन्छ । भगवानलाई तुल्सी चढाए जस्तै हंसपुर नगरपालिकाले आमाबुवालाई दोसल्ला(च्यादर) ओढाएर सम्मान गरेको छ ।’ पहिलो चरणमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको र बृद्ध अवस्थामा हुने समस्या समधानकालागि नगरपालिकाले नयाँ कार्यक्रमहरु ल्याउने उनले भने ।
सम्मान कार्यक्रममा सहभागि बृद्धबृद्धाहरु घरपरिवारबाट पाएको दुख, गरिबिका कारण भोग्नु परेको समस्या र नगरपालिकाबाट राखेको आपेक्ष कार्यममा मेयर समक्ष राखेका थिए । यस्तो कार्यक्रमले सामाजिक रुपले एकअर्कालाई जोड्ने कार्य गरेकोले यस्तो कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । पालिका भित्रका सबै नागरिकको सम्मान गरेर समुद्ध पालिका बनाउने अभियान अगाडि बढाउने उनले बताए । कार्यक्रममा हंसपुर नगरपालिकाका वडाध्यक्ष, वडा सदस्यहरु र नगरपालिका कर्मचारी सहभागि भएका थिए । नगर पालिकाको विभिन्न वडाहरुमा कार्यक्रम गरेर उनीहरुलाई सम्मान गरिएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech