जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. ४ (क) बाट हरिनारायण यादवले प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेका छन् ।
लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनी टोल निवासी यादवले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहदै आएका छन् । २०६३ सालको मधेश आन्दोलनदेखि मधेशवादी दलसित नजिकिएका उनी २०७२ सालको मधेश आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए ।
साधारण सदस्य हुँदै जनता समाजवादी पार्टी (जसपा) को जिल्ला सदस्य समेत भइसकेका उनलाई २०७२ सालको जीउँदो शहीद पनि भनिन्छ । ६ महिने आन्दोलन अन्तर्गत राजमार्ग ठप्प पार्ने कार्यक्रम सफल बनाउने क्रममा नेता यादवलाई पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिकाको ढल्केवरमा पक्राउ परेका थिए । मध्यराति सवारीसाधनमा अवरोध पुर्याउने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएर शुट गर्ने तयारी गरेका थिए । तर, सौभाग्यले नेपाल प्रहरीका इन्स्पेक्टरले गोली प्रहार गर्न आदेश नदिदा उनको ज्यान बाँचेको थियो । नेता यादवलाई प्रहरीले घेरा हालेर पक्राउ गरेको राति ढल्केवरबाट तीन वटा सवारीसाधनमा आन्दोलनकारीले आगजनी गरेका थिए । सवारीसाधन आगजनी सुरक्षार्थ खटिएको नेपाल र सशस्त्र प्रहरीले संयुक्त रुपमा आन्दोलनकारी विरुद्ध अपरेशन चलाएपछि सयौको संख्यामा रहेका आन्दोलनकारी तितरबितर भएका थिए । सोही क्रममा नेता यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ड्युटीमा खटिएका इन्स्पेक्टरले शुटको आदेश नदिएपनि प्रहरीले मरनासन्न गरी कुटपिट गर्दा नेता यादव अस्पताल भर्ना हुनुपरेको थियो ।
२०७२ सालको मधेश आन्दोलनमा धनुषा जिल्लामा अग्रणी भूमिमा रहेको नेताहरु मध्ये एक यादवले जनदबाब र जनताको चाहनाको कदर गर्दै शनिबार प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । जनता समाजवादी पार्टीमा आपूmले गरेको योगदानको मुल्यांकन गरेर टिकट आपूmलाई दिने विश्वास समेत उनले व्यक्त गरे । पार्टीको सिपाहीको रुपमा खट्दै आएको र जनअपेक्षा अनुसार प्रदेशसभा सदस्य भएर धनुषा–४ प्रदेशसभा क्षेत्र (क) का जनताको सेवा गर्ने बताए । लामो समयदेखि पार्टीको सिपाहीको रुपमा काम गर्दै आएपनि आपूmले अहिलेसम्म कुनै अवसर नपाएको गुनासो गर्दै आगामी मंसिर ४ गते हुन लागेको आम चुनावमा आपूmले जसपाबाट टिकट पाउनुपर्ने दावी गरे । पार्टीका साथीहरुले आप्mनो नाम सिफारिस गर्ने विश्वास नेता यादवले व्यक्त गरे । चुनावमा उम्मेदवारी दिनको लागि चौतर्फी रुपमा दबाब आइरहेकोले आपूmले यसपालीको निर्वाचनमा उम्मेदवार बन्न लागेको उनले थपे । पार्टीका साथै यस क्षेत्रका मतदाताले पनि आपूmलाई सहयोग गर्ने विश्वास उनले व्यक्त गरे ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech