जनकपुरधाम । प्रादेशिक अस्पताल महोत्तरीमा जेनरेटर बिग्रेपछि एक्सरे सेवा ठप्प भएको छ । शुक्रबार स्वास्थ्य जाँच गराउन पुगेका चकवा गाउँ बस्ने १५ वर्षीय ओमप्रकाश यादवलाई डा. समिउल्लाह अन्सारीले एक्सरे जाँच गराउन सल्लाह दिएका थिए । बिरामी यादवले तीन सय रुपैयाँको नगद रसिद कटाएर एक्सरे गराउन पुगेपनि जेनरेटर नचल्दा उनको एक्सरे हुन सकेन् । एक्सरे फाँटमा कार्यरत्त स्वास्थ्यकर्मी प्रशान्त ठाकुरले बिरामीको नगद रसिदमै जेनरेटर नचालु भएकोले एक्सरे भएन् भनेर लेख्दै हस्ताक्षर गरेका थिए । बिरामीले तत्काल एक्सरे गराउन नपाउँदा कारण खोलाउन भनेपछि स्वास्थ्यकर्मी ठाकुरले रसिदमै जेनरेटर नचलेको उल्लेख गरेका थिए । सरकारी अस्पतालको सेवा भरपर्दो हुन नसकेको जनगुनासो बढ्दै गएपनि यसमा सुधार नआएको ओमप्रकाशको घटनाले प्रष्टयाएको छ । तीन तहको सरकार गठन भएपनि मधेश प्रदेशको स्वास्थ्यको अवस्था अभैm सुधार हुन नसकेको प्रादेशिक अस्पतालको अवस्थाले प्रष्टयाएको छ । ओमप्रकाश जस्ता कयौ बिरामी यसरी सेवा नपाउँदा नीजि स्वास्थ्य संस्थामा जानुपरेको छ । मधेश प्रदेश सरकारले केही महिना अघि मात्रै जिल्ला अस्पतालको नाम फेरेर प्रादेशिक अस्पताल महोत्तरी गरेको छ । नाम फेरिए पनि सेवा भने नफेरिएको गुनासो स्थानीयको छ । लामो समयदेखि १५ शैय्यामा सीमित उक्त अस्पताल अहिले पनि जनशक्ति अभावको समस्याबाट गुज्रिरहेको छ । जनशक्ती व्यवस्थापनको लागि हालै अस्पतालले करारमा कर्मचारी भर्ना सम्बन्धी विज्ञापन गरेको छ । यसले आगामी दिनमा जनशक्ति अभावको समस्या समाधान हुने अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. सतिश कुमार साहले बताए । जेनरेटर संचालनको जिम्मेवारी पाएको कर्मचारीको लापरबाहीले रसिद काटिएको बिरामीको एक्सरे हुन नसकेको निमित्त मेसु डा. साहले बताए । ती कर्मचारीलाई कारबाहीको तयारी भइरहेको उनले बताए । ब्याट्री डिस्चार्ज हुँदा जेनरेटर नचलेको बताउँदै निमित्त मेसु डा. साहले यो समस्या शुक्रबार नै समाधान भइसकेको बताए । अव एक्सरे सेवा नियमित रुपमा संचालनमा रहेको बताए । बिरामीलाई समयमा सेवा दिन नसकिएको स्वीकार गर्दै उनले भने–जनशक्ति अभावमा यस्तो भइरहेको छ । जनशक्ति भर्ना भएपछि यस्ता समस्याहरु हटेर जाने विश्वास उनले व्यक्त गरे । प्रदेश सरकारले नाम फेरेपनि अभैm दुई जना चिकित्सले अस्पताल संचालन भएको छ । आधिकारिक रुपमा १५ शैय्याको अस्पताल रहेपनि सेवा भने ५० शैय्याको दिदै आएको अस्पतालका निमित्त मेसु डा. साहले दावी गरे ।

 

 

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग