जनकपुरधाम । धनुषा जिल्लामा नेपाली कांग्रेसले एउट क्षेत्र मात्रै पाउने छ । पाँच दलीय गठबन्धनको नेतृत्व समेत गरिरहेको कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) को लागि छाड्नुपर्ने अवस्था आएमा धनुषामा एक क्षेत्रमा चित्त बुझाउनु पर्ने हुन्छ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नं. ३ छाड्न अस्वीकार गरिसकेका छन् । लोसपालाई गठबन्धनमा ल्याउन कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक छन् । गठबन्धनमा आएपछि कांग्रेसले धनुषा क्षेत्र नं. ३ लोसपाको लागि छाड्नुपर्ने हुन्छ । लोसपा वरिष्ठ नेता क्षेत्र नं. ३ का सांसद हुन् । गठबन्धनले चुनावी तालमेलको क्रममा साबिकमा निर्वाचित भएको दललाई क्षेत्र छाड्ने आधार तयार गरेमा कांगे्रसले धनुषा–३ छाडनुपर्ने हो । धनुषाको क्षेत्र नं. १ पाँच दलीय गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र) ले पाउने पक्का छ । यस्तै क्षेत्र नं. २ जनता समाजवादी पार्टी(जसपा) ले पाउने पक्का छ । २०७४ को निर्वाचनमा तत्कालीन समाजवादी पार्टी हाल जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएको थियो । क्षेत्र न. २ मा जसपाले उम्मेदवारको पनि टुंगो लगाइसकेको अवस्था छ । लोसपा गठबन्धनमा नआउँदा क्षेत्र नं. ३ नेपाली कांग्रेसले पाउने पक्का थियो । तर, प्रधानमन्त्री देउवाले लोसपालाई पनि गठबन्धनमा समेट्न सकारात्मक देखिएकोले क्षेत्र नं. ३ कांगे्रसले छाड्नुपर्ने अवस्था आउन सक्ने कांगे्रसी नेताहरु बताउँछन् । धनुषा निर्वाचन क्षेत्र नं. ४ नेपाली कांग्रेसले पाउने पक्का छ । क्षेत्र नं. ४ बाट नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ निर्वाचित भएकोले ती क्षेत्र कांग्रेसले पाउन लागेको हो । महासेठका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार नै थिए । कांगे्रसलाई ती क्षेत्र छाड्न गठबन्धनका अन्य दललाई समस्या नहुने बताइन्छ । तर, क्षेत्र नं.४ मा कांग्रेसको उम्मेदवार अभैm प्रष्ट भएको छैन् । २०७४ सालको चुनावमा पराजय व्यहोरेका पूर्व मन्त्री महेन्द्र यादव लड्ने वा राष्ट्रपति पुत्र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिने स्पष्ट भइनसकेको हो । प्रतिनिधिसभा उम्मेद यसले गठबन्धनमा आवद्ध दलहरुमध्ये नेपाली कांगे्रेस, माओवादी, जसपा र लोसपाले धनुषामा एक÷एक प्रतिनिधिसभा क्षेत्र पाउने भएको छ । नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले पनि धनुषा–३ बाट चुनाव नलड्ने संकेत गरेका छन् । उनी अन्य जिल्लाबाट प्रत्यक्षबाट उम्मेदवारी दिने नभए समानुपातिकतर्पm जाने सम्भावना बढी रहेको नेपाली कांग्रेसका एक नेताले बताए । नेता निधि हाल भारत भ्रमणमा छन् । उनी स्वदेश फर्के लगत्तै लोसपालाई गठबन्धनमा ल्याउने एक नेताले बताए । तर, गठबन्धनमा जाने पक्का भइसकेपनि प्रधानमन्त्री देउवाले गरेको ढिलाईले लोसपाका नेताहरु सशंकित बनेका छन् । पटक पटक भेटघाटको क्रममा प्रधानमन्त्री देउवा लोसपालाई गठबन्धनमा आउन आग्रह गरेपनि प्रक्रिया भने अघि नबढाएपछि शंका लागेको लोसपाका एक नेताले बताए ।
लोसपा गठबन्धनमा जाने पक्का छ–ती नेताले भने–तर, के कस्तो कारणले प्रक्रिया अघि नबढेको हो ?
गठबन्धनका घटक दलले कांगे्रसमाथि दबाब दिएकोले प्रक्रिया अघि नबढेको हुन सक्ने ती नेताको अनुमान छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech