राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेलाई कम्युनिष्ट नभएर कमाओनिष्ट रहेको आरोप लगाएका छन् ।

शनिवार राजविराजमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा ‘मधेशीलाई अधिकार विहीन बनाउन नागरिकता नदिने नीति एमालेको हो’ उनले भने ‘सोही नीति अनुसार नै नागरिकता विधेयक फिर्ता भएको छ ।’

उनले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा पास हुने र मधेशी जनताको हकअधिकार सुनिश्चित गर्न ल्याइएको नागरिकता विधेयक केही समयभित्रै फिर्ता हुनुले एमालेले लिएको नीति स्पष्ट भएको दावी गरे ।

‘केपी शर्मा ओली नेतृत्वको सरकारले सोहीअनुसार नै अध्यादेश ल्याएको थियो र राष्ट्रपतिले पास पनि गर्नुभएकै हो, तर नागरिकता विधेयक केही समयभित्रै फिर्ता भयो । यसले एमालेको नीति स्पष्ट हुन्छ’ उनले भने ‘मधेशी जनताको हकअधिकार प्राप्तिका लागि नै आफुहरु सरकारमा रहेर संघर्ष गरिरहेका छौं’ उनले भने ‘लुटेर खाने ती कमाओनिष्टको नीति विरुद्ध सडकदेखि सदनसम्ममा संघर्ष भइरहेको छ ।’

कार्यक्रममा जिल्ला समवन्य समिति सप्तरीका पूर्व प्रमुख प्रभाकर यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि सयौ नेता कार्यकर्ता जसपामा प्रबेश गरेका हुन् । पूर्व जिसस प्रमुख यादवसहितका नेता कार्यकर्तालाई जसपाका राष्ट्रिय अध्यक्ष यादवले पार्टीमा स्वागत गरेका छन् ।

जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय अध्यक्ष यादवले नवप्रबेशी नेता कार्यकर्तालाई सदस्यता प्रदान गरि माला, गम्छा, टीका लगाएर पार्टी प्रवेश गराए ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का पुर्व जिल्ला अध्यक्ष अमरनाथ मण्डल, छिन्नमस्ता गाउँपालिकाकी निवर्तमान वडा अध्यक्ष प्रमिला यादव, विवेकशिल पार्टीका केन्द्रिय सदस्य सुमन कुमार मिश्रलगायतका नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि जसपामा प्रबेश गरेका छन् । यस्तै महदेबा गाउँपालिकाका भर्खरै एमालेमा प्रवेश गरेका दिप नारायण यादव, लोसपाका युवा नेता एबम राजबिराज २ का वडा प्रत्यासी चन्दन यादव, राजबिराज १२ का स्वतन्त्र वडा प्रत्यासी राम कुमार यादव, राजबिराज १३ का नेपाली कांग्रेसका जगदीश यादव

बृहत् पार्टी कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र सिंह यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् प्रबक्ता तथा प्रदेश सभा सदस्य मनिष सुमन, पार्टीका राजनैतिक समिति सदस्य एवम मधेश प्रदेश सरकारका प्रबक्ता एवम अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादव, प्रदेश सभा सदस्य, विभिन्न पालिकाका प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधिहरु, पार्टीका नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो ।

 

सम्बन्धित खवर