जनकपुरधाम । गृहमन्त्रालयले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले धनुषाका मिटर ब्याजी पीडितहरुसँग छलफल गरेका छन् ।

समितिले शनिवार अधिकृत संगममा धनुषाका मिटर ब्याजी पीडितहरुसँग छलफल गरेका छन् ।

कार्यदलका संयोजक एवं गृहमन्त्रालयका सहसचिव डा. भिष्म कुमार भुसालले मिटर ब्याजीविरुद्ध मुद्दा लिने कार्य निरन्तर जारी रहेको बताए ।

उनले समस्याको गहिराईमा पुग्नका लागि पालिकाको महत्वपूर्ण योगदान रहेको बताए । सो छलफल विभिन्न स्थानीय तहका जनप्रतिनिधिले मिटर ब्याजीको समस्या समाधान गर्नका लागि सहकारी संस्थाहरुलाई प्रोत्साहन गर्नमा जोड दिए ।

बाध्यतात्मक परिस्थितिको फाइदा उठाउँदै साहु महाजनले पीडितले रकम चुक्ता गरिदिएपनि तमसुक बमोजिमको रकम माग गर्दै अदालतमा मुद्दा दिने र घरजग्गा कब्जा गर्ने लगायतका दुःख दिइरहेको पीडितहरुले सुनाए ।

कार्यदलका संयोजक भुसालले पिडीतहरुको कुरा र उजुरीको आधारमा दोषी देखिएकालाई कारवाही तथा पिडीतलाई न्याय दिलाउन सरकार समक्ष प्रतिवेदन प्रस्तुत गर्ने प्रतिबद्धता जनाए ।

उनले पीडित पक्षको समस्याका बारेमा प्रत्यक्ष अनुभूति गर्नका लागि नै कार्यदलले जिल्ला जिल्लामा पुगेर राय सुझाव सङ्कलन गरिरहेकोसमेत बताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले गाउँघरका साहु महाजनभन्दा सहकारी, लुघवित तथा वाणिज्य बैंकहरु मिटर ब्याजी रहेको आरोप लगाए ।

 

 

सम्बन्धित खवर