जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) धनुषाले निर्वाचन क्षेत्र नं. ३ को (ख) को क्षेत्रीय अध्यक्षमा गौतम कुमार साहलाई मनोनयन गरेको छ ।

लोसपा धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले उनलाई आइतबार प्रदेशसभा (ख) क्षेत्रीय अध्यक्षमा मनोनयन गरेका हुन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारीको क्रममा जिल्ला अध्यक्ष साहले क्षेत्रीय अध्यक्ष मनोनयन गरेका हुन् । क्षेत्रीय अध्यक्ष साहलाई आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पत्र प्रदान गरिएको छ । सो अवसरमा लोसपाका केन्द्रीय र जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर