जलेश्वर । तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)ले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेको छ ।
आसन्न निर्वाचनको सन्दर्भमा तमलोपाले महोत्तरीमा कार्यकर्ता भेला गरेर छलफल गरेको छ । कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष वृषेश चन्द्र लालले मुलुकमा गठबन्धनको राजनीति निर्वाचनमा आफ्नो सिट सुरक्षित गर्नको लागि मात्र रहेको दावी गरे । गठबन्धन मतको गणितमा आधारित रहेको उलने टिप्पणी गरे । वर्तमान गठबन्धन सिद्धान्त र कार्यक्रमको आधारमा नरहेको आरोप लगाउँदै नेका, माओवादी, जसपा, एकीकृत समाजवादी सबै पार्टीहरू आ–आफ्नो सिद्धान्तलाई तिलांजली दिएको आरोप लगाए ।
उनले कोही लोकतन्त्रवादी वा वामपन्थी नरहेकोले भ्रममा नपर्न आग्रह समेत गरे ।
गठबन्धनको निर्माण कुनै खास एजेन्डाको आधारमा नभएको र यस्तो गठबन्धन वर्तमान निर्वाचन प्रणालीको मजाक उडाइरहेको उनले जिकिर गरे । मतदाताले समानुपातिक मत कसलाई र कुन आधारमा हाल्ने भन्ने प्रश्न खडा भएको उनले थपे । अध्यक्ष लालले लोसपालाई ईंगित गर्दै केही व्यक्तिहरू आ–आफ्नो सिटको भिक्षाटनमा दरबारहरू धाइरहेको आरोप लगाए ।
सो अवसरमा पार्टीका वरिष्ठ नेता डा. विजयकुमार सिंहले अरु मधेश केन्द्रित दलहरुले मधेशको एजेन्डा बिसाइदिएको कारणले तराई–मधेश लोकतान्त्रिक पार्टी मशाल जलाइराख्न आगाडि आएको बताए । तमलोपा आन्दोलनकारी र मधेशवादीहरूको पार्टी भएको सन्देश टोल टोलमा संगठनको आधार खडा गर्दै पुर्याउन आग्रह गरे । संघीय संरचनामा क्षेत्रीय अवधारण नरहे वास्विक स्वशासन नहुने उनको दावी थियो ।
कार्यकर्ता भेलामा बिभा ठाकुर, बिमला साह, रामजी राय, उमेश कुमार मण्डल, सत्यनारायण साह, रामकृपाल साह, सुनिल राय लगायतले आ आप्mनो धारणा राखेका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech