जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमाले धनुषाका कार्यकर्ता आक्रोसित भएका छन् । पूर्व मन्त्री समेत रहेका नेता यादवले जनकपुरधाममा आयोजित एक कार्यक्रममा नेकपा एमालेका नेता महासेठ दम्पतीलाई इंगित गरेर दिएको अभिव्यक्तिलाई एमाले कार्यकर्ताले सामाजिक संजालमार्पmत विरोध गरेका हुन् । शुक्रबार जनकपुरस्थित कांगे्रेसको पार्टी कार्यालयमा आयोजित जनताको साथमा कांगे्रस अभियानको सुरुवात गर्दै नेता यादवले नागरिकता विधेयक राष्ट्रपति विद्या देवी भण्डारीले फिर्ता गरेपछि महासेठ दम्पतीले कुनै प्रतिक्रिया नदिएकोमा विरोध गर्दै एमाले नेतालाई आ आप्mनो क्षेत्रबाट लखेटनुपर्ने बताएका थिए ।
नेकपा एमालेका सचिव रघुवीर महासेठ र उनकी पत्नी जुली महतोले नागरिकता विधेयक फिर्ता गरेको विषयमा कुनै टिप्पणी गरेको छैन् । मधेशमा राजनीति गर्दै आएका महासेठ दम्पती मधेशको मत लिने र मधेशीको समस्याबारे मुख नखोल्ने भन्दै नेता यादवले कांगे्रसका कार्यकर्तालाई विरोध गर्नको लागि आग्रह गरेका थिए । क्षेत्र नं. ४ मा आपूmहरुले यसपाली लखेट्छौ, उनले भने–तपाईहरु पनि क्षेत्र नं. ३ मा लखेटनुस् । पूवमन्त्री हेमबहादुर मल्लले पनि श्रीमान श्रीमती राजनीति गरेका थिए, उनले भने–उनीहरुको राजनीति पतन भयो । अव महासेठको राजनीति पनि पतन हुने दावी उनले गरेका थिए ।
महासेठ दम्पतीलाई लखेट्ने अभिव्यक्तिले आक्रोसित एमाले कार्यकर्ताहरुले सामाजिक संजालमार्पmत नेता यादवलाई जवाफ फर्काएका छन् । रघुवीर महासेठ र जुली महतोलाई धनुषाबाट लखेट्नेले आपैm भाग्नुपर्ने अवस्था आउने भनेर प्रतिकार गरेका छन् । महासेठ निकटका युवा कार्यकर्ताहरु नेता यादवलाई लक्षित गरेर अश्लिल शब्द पनि प्रयोग गरेर सामाजिक संजालमा पोष्ट गरेका छन् ।
नेता यादवले शनिबार पनि पिडारी चोकमा आयोजित विरोध सभामा एमालेलाई लखेटनुपर्ने बताएका थिए । हजारौं नेपाली जनता नागरिकता नपाएर आफ्नै देशमा अनागरिक सरह बस्नुपरेको बताउँदै दुबै सदनबाट पारित भएको नागरिकता विधेयक एमालेको प्रभावमा परी राष्ट्रपति विद्या देवी भण्डारीले प्रमाणीकरण नगरिदिदा नागरिकता विधेयक ओझेलमा परेको दावी गरे । पुनः दोश्रो पटक पनि संघीय संसदबाट पारित भईसकेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरे एमालेका नेता कार्यकर्तालाई लखेट्ने तर्क उनले गरेका थिए ।
सहमहामन्त्री यादवले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुनुमा नेकपा एमाले दोषी रहेको बताए । उनले उमेर पुगेपछि नागरिकता माग्नु अपराध हो र ? भनेर प्रश्न गर्दै नागरिकताको समस्या समाधान गर्नको लागि सबै दल एकमत हुनुपर्नेमा जोड दिएका थिए । नागरिकता नपाएर हजारौं युवाको भविष्य अन्यौलमा परेको छ यो समस्या समाधान समयमै हुनुपर्ने नेता यादवले बताए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech