जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) धनुषा निर्वाचन क्षेत्र नं. ४ र २ मा उम्मेदवारका आकांक्षी नेताहरुले आ आप्mनो नाम दर्ता गराएका छन् । आइतबार बसेको क्षेत्रीय विस्तारित बैठकमा उम्मेदवार हुन इच्छुक नेताहरुले आ आप्mनो नाम दर्ता गराएका हुन् । धनुषा निर्वाचन क्षेत्र नं. ४ को बनिनियाँको हर्दिनाथमा आइतबार आयोजित क्षेत्रीय विस्तारित बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रबाट उम्मेदवारी दिन इच्छुक नेताहरुले नाम दर्ता गराएका हुन् । जसपा मधेश प्रदेश समिति सदस्य समेत रहेका नमस्ते जनकपुरि इन्कर्पोरेट प्रा.लि.का प्रोप्राइटर बजरंग कुमार यादवसहित आधा दर्जन आकांक्षीहरुले क्षेत्र नं. ४ (क) बाट प्रदेशसभा सदस्य पदको उम्मेदवार हुन नाम दर्ता गराएका हुन् । क्षेत्रीय अध्यक्ष राजेश्वर यादवको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नं. ४ प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि महाजन यादव र बलराम महतोको नाम दर्ता गरिएको छ । यस्तै प्रदेशसभा (क) बाट बजरंग कुमार यादवसहित पार्टीका मधेश प्रदेश समितिका उपाध्यक्ष शेषनारायण यादव, हरिनारायण यादव, ज्ञानेन्द्र कुमार यादव लगायतका छन् । प्रदेशसभा (ख) बाट दिनेश कुमार यादव र रामनरेश महतोको नाम दर्ता गरिएको छ । समानुपातिकतर्पm प्रतिनिधिसभा सदस्यको लागि विन्देश्वर यादव, मो. साबिर राइन, प्रमिला दाससहित ६ जनाले नाम दर्ता गराएका छन् । समानुपातिकतर्पm प्रदेशसभा सदस्यको लागि उर्मिला साह, घनश्याम यादव, चमेली देवी दास, सुनिता महरा लगायत १४ जनाले नाम दर्ता गराएका हुन् ।

यस्तै धनुषा निर्वाचन क्षेत्र नं. २ मा पनि आइतबार नै आकांक्षी नेताहरु उम्मेदवार हुनको लागि नाम दर्ता गराएका छन् ।

शहीदनगर नगरपालिकामा बसेको विस्तारित बैठकले क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि पार्टीका कार्यकारिणी समिति सदस्य समेत रहेका गजाधर यादव, बलराम यादव, ताराचन्द्र यादव र रामशंकर पासवानको नाम दर्ता गरिएको छ । बलराम महतोको नाम क्षेत्र नंं ४ बाट पनि दर्ता गरिएको छ ।

यस्तै प्रदेशसभा क्षेत्र (क) बाट पार्टी जिल्ला समन्वय समिति अध्यक्ष समेत रहेका पशुपति यादव, प्रदेशसभा सदस्य शैलेन्द्र कुमार यादव, अरुण सिंह मण्डलको नाम उम्मेदवारको लागि दर्ता गरिएको छ । प्रदेशसभा क्षेत्र(ख) बाट प्रदेशसभा सदस्य रामअशिष यादव, बरुण यादव, देवेन्द्र यादव, रामअशिष रोहिता लगायतको नाम दर्ता गरिएको छ ।

दर्ता भएको नामबारे छलफल गरेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिले जिल्ला समन्वय समितिमा नाम सिफारिस गर्ने छन् । जसपा केन्द्रीय सर्कुलर अनुसार प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रले बढीमा तीन–तीन जनाको नाम सिफारिस गर्ने छ । जिल्ला समन्वय समितिले ती सिफारिस प्रदेश समितिमा पठाउने छन् ।

सम्बन्धित खवर