कलैया । जनता समाजवादी पार्टी(जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको नाम बारा जिल्लाबाट सिफारिसमा परेको छ ।

बारा जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारको लागि राष्ट्रिय अध्यक्ष यादवको नाम सिफारिस भएको हो । राष्ट्रिय अध्यक्ष २०७४ सालको निर्वाचनमा सप्तरी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । आगामी निर्वाचनमा क्षेत्र परिवर्तन गर्ने हल्ला चलिरहदा उनी बारा जिल्लाबाट सिफारिस भएका हुन् । जसपा बारा–३ को आइतबार बसेको विस्तारित बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा राष्ट्रिय अध्यक्षसहित ६ जनाको नाम सिफारिस गरिएको छ ।

बारा जिल्ला क्षेत्र न. ३ को क्षेत्रीय अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा बसेको क्षेत्रीय बैठकले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको लागि राष्ट्रिय अध्यक्ष यादवसहितको नाम सिफारिस गरिएको छ । वर्तमान प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादवको नाम पनि उम्मेदवारको लागि सिफारिस भएको हो । बारा–३ बाट २०७४ सालको निर्वाचनमा रामबाबु कुमार यादव निर्वाचित भएका थिए ।

आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारको लागि राष्ट्रिय अध्यक्ष यादवको नाम पहिलो नम्बरमा र दोश्रोमा वर्तमान सांसद रामबाबु कुमार यादवको नाम सिफारिस भएको छ ।

यस्तै, प्रमोद गुप्ता, सुशील यादव, मनिष यादव(ओम), सचिता नन्द यादव र शंकर यादवको नाम पनि सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष कमलेश मण्डलले बताए ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग