जनकपुरधाम । मुआब्जाको माग गर्दै पीडितहरुले आइतबार जनकपुरधामस्थित रेल्वे कार्यालयमा धर्नामा बसेका छन् ।

रेल्वेको लिक तथा भवन निर्माण गर्ने क्रममा जग्गा अधिग्रहणको मुआब्जाको माग गर्दै महोत्तरीको बर्दिबासबाट आएका उनीहरुले जनकपुरधामस्थित कार्यालयमा धर्ना बसेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको वर्गीकरण अनुसारको दररेट कायम गर्नुपर्ने माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालयले कायम गरेको वर्गीकरणको आधारमा मुआब्जा नदिई रेल्वेका कर्मचारीले मनोमानी गरेर कम मुआब्जा दिन चाहिरहेको आरोप लगाए ।

पीडितहरुले आफ्नो मागको बारेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकसँग कुरा राख्दा महाप्रबन्धक निरञ्जन झाले जग्गा मुआब्जाको जिम्मा कम्पनीमा नभई विभाग अन्तर्गत रहेकाले यसमा आफुले केही गर्न नसक्ने जवाफ दिए ।

महाप्रबन्धक झाले पीडितहरुले राखेको मागलाई विभागमा पु¥याइदिने तर यसमा आफु केही गर्न नसक्ने पीडितहरुलाई बताए ।

भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्ममा तीन चरणमा काम हुँदैछ ।

पहिलो चरण अन्तर्गत जयनगरदेखि जनकपुरधामको कुर्थासम्म निर्माण पुरा भई रेल्वे सेवा सञ्चालनमा आइसकेको छ ।

दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको बिजलपुरा र तेस्रो चरणमा बर्दिबाससम्म निर्माण गर्ने योजना रहेको छ ।

सम्बन्धित खवर