जनकपुरधाम । नेपाल स्वास्थ्यकर्मी संघ धनुषाले हँसपुर नगरपालिका कार्य समिति गठन गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका सभापति आनन्द प्रसाद ढुंगानाको प्रमुख आतिथ्यमा सोमबार हंसपुरमा आयोजित भेलाले उक्त कार्य समिति गठन गरेको हो । गंगाराम मण्डलको सभापतित्वमा ९ सदस्यीय कार्य समिति गठन गरेको हो । समितिको उपसभापतिमा जयन्ती कुमारी झा, सचिवमा प्रकाश कुमार यादव, कोषाध्यक्षमा गेहेन्द्र कुमार यादव चयन भएका छन् । सदस्यहरुमा अमित कुमार झा, राकेश कुमार मण्डल, मन्तोरिया देवी मण्डल, लक्ष्मी देवी सिंह र बिजय कुमार सिंह रहेका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघ धनुषाका अध्यक्ष राम गुलाम लाल कर्णको अध्यक्षतामा भएको भेलामा हंसपुर नगरपालिकाका मेयर प्रदिप यादव लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech