जनकपुरधाम । नगरसभाको तिथि घोषणाको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का नेता कार्यकर्ताले धनुषाको नगराइन नगरपालिकामा सोमबार धर्ना बसेका छन् ।
असार १० गतेभित्र नगरसभा गर्नुपर्ने प्रावधान रहेपनि नगराईन नगरपालिकाले हालसम्म चालु आर्थिक वर्षको नगरसभा गर्न सकेको छैन् । लोसपाका नेता राजु चौधरीको नेतृत्वमा गएका कार्यकर्ताहरुले नगरपालिका कार्यालय अगाडि धर्ना बसेका थिए । तत्काल नगरसभाको तिथि घोषणा गर्नुपर्ने माग गरेर आपूmहरुले नगरपालिकाको कार्यालयमा धर्ना बसेको चौधरीले बताए । जनतालाई दुःख दिन पाइदैन, अनिर्णयको बन्दी बनाउन पाइदैन भन्दै उनीहरुले सोमबार दिउँसो नगरपालिका कार्यालयका मुलगेटमा धर्ना बसेका हुन् । नगराइन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विनय कुमार यादव निर्वाचित भएपनि बहुमत भने नेकपा एमालेको रहेको छ । नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी राधा देवी यादव निर्वाचित भएकी छन् । बहुमत नहुँदा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिले सहयोग नगरेको मेयर यादवको गुनासो छ । मेयर यादवले नगरपालिकाको समस्याबारे जिल्ला समन्वय समितिमा समेत पहलको लागि आग्रह गरेपनि एमालेका साथीहरुले अटेर गरेको बताए ।
नगरसभाको लागि मेयर यादवले गरेको पहल पर्याप्त नरहेको गुनासो विपक्षी दल लोसपाको छ । लोसपाका नेताका अनुसार नगरसभा गर्न एमालेका जनप्रतिनिधि सकारात्मक छैन् । उनीहरुले बार्गेनिङ गरेर पालिकालाई अनिर्णयको बन्दी बनाएको आरोप उनीहरुले लगाए । तत्काल नगरसभा गरेर नगरपालिकालाई निकास दिनुपर्ने उनीहरुको माग थियो । १८ पालिका रहेको धनुषा जिल्लाको १७ पालिकाले नगरसभामार्पmत नीति तथा कार्यक्रमसहित बजेट पेश गरिसकेको छ । तर, नगराइन नगरपालिकाले हालसम्म नगरसभाको उद्घाटन सत्र समेत गर्न सकेको छैन् । क्षीरेश्वरनाथ नगरपालिका, कमला नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका लगायतका पालिकाहरुले सभाको उद्घाटन सत्र सम्पन्न गरेपनि बजेट भने पारित गराउन सकेको छैन् । जसका कारण चालु आर्थिक वर्षको दोश्रो महिना बित्न लागेपनि आर्थिक कारोबार सुरु हुन सकेको छैन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech