गौर । रौतहट जिल्लाको गरुडा नगरपालिका–३ मलाही टोलमा चट्यांग लागेर ३ जनाको मृत्यु भएको छ । विहान परेको पानी सँगै परेको चट्यांगले गर्दा एक बृद्ध र २ जना बालिका सहित ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय रूप नारायण सहनीको १७ वर्षीय छोरी जगिया कुमारी, सत्य नारायण सहनीको १८ वर्षीय छोरी मनीषा कुमारी र ४९ वर्षीय बृद्ध सुदामिया देवी रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । विहान धानको खेतमा काम गर्न गएको बेला चट्यांग खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएक छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech