महाभियोग सिफारिस समितिले झन्डै २ घण्टा कुराएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिन सुरु गरेको छ । राणा निर्धारित समयमै सिंहदरवार पुगे पनि दुई घण्टा पछि मात्र बैठक सुरु भएको हो ।
जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु गरिएको हो ।

जबरा बैठकमा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको छ ।यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस हुँदा बयान लिने काम सुरु गर्न ढिलाइ भएको थियो ।

आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा ११ बजे नै सिंहदरबार पुगेका थिए । गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।सर्वोच्च अदालत बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई यसअघि नै प्रमाण उपलब्ध गराइसकेको छ ।


प्रधानन्यायाधीश राणालाई संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, भ्रष्टाचार र गैरकानूनी सम्पती आर्जन गरेको आरोप लागेको छ ।
११ सदस्यीय महाभियोग सिफारिस समितिमा लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, डा. शिवमाया तुम्बाहाङ्फे, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट र रेखा शर्मा रहेका छन् । सुनुवाइ समितिको बैठकको अध्यक्षता जेष्ठ सदस्य रामबहादुर बिष्टले गरेका छन् ।

नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो।

 

सम्बन्धित खवर